विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने माओवादीको निर्णय

नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठकले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग एकता गर्ने निर्णय गरेको छ ।
तीन दिनसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा चलेको स्थायी समिति बैठकले नेकपासँग एकता गर्ने सहमति गरेको हो ।
स्थायी समिति बैठक समापनपछि निर्णयबारे जानकारी दिँदै उपाध्यक्षसमेत रहेका प्रवक्ता अग्निप्रसाद सापकोटाले विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय भएको जानकारी दिएका हुन् ।
प्रकाशित मिति: सोमबार, साउन १९, २०८२ १५:५७
प्रतिक्रिया दिनुहोस्