सोमबार बढ्यो सुन–चाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आज (सोमबार) सुन–चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९६ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय रूपैयाँ बढेको हो ।
आइतबार छापावाल सुन प्रतितोला एक लाख ९६ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आइतबार प्रतितोला दुई हजार दुई सय ५० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला दुई हजार दुई सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ बढेको हो ।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३३ सय ५८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: सोमबार, साउन १९, २०८२ ११:४२
प्रतिक्रिया दिनुहोस्