NRN
शुक्रबार पनि घट्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आज (शुक्रबार) पनि सुन–चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ९३ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ । 

बिहीबारको तुलनामा यसदिन सुनको मूल्य प्रतितोला पाँच सय रूपैयाँ घटेको हो ।

अघिल्लो दिन सुन प्रतितोला एक लाख ९३ हजार ६ सय रूपैयाँ पुगेको थियो ।

यसैगरी, अघिल्लो दिन चाँदी प्रतितोला दुई हजार दुई सय ७० रूपैयाँमा कारोबार भइरहेकोमा शुक्रबार प्रतितोला दुई हजार दुई सय ३५ रूपैयाँ कारोबार भइरहेको छ । 

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रूपैयाँ घटेको हो ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३२ सय ९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १६, २०८२  ११:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update