NRN
भोलिदेखि माओवादी स्थायी समिति बैठक बस्ने

नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक एक वर्षपछि भोलि (शुक्रबार) देखि सुरु हुँदैछ । 

 

केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बस्ने बैठकका लागि माओवादीले एजेण्डा तय गरिसकेको छ । बुधबार बसेको पदाधिकारी बैठकले मुख्यतः पाँच वटा एजेण्डा तय गरेको थियो । 

पछिल्लो समय पार्टीभित्र चर्किँदै गएको अन्तरविरोध कसरी हल हुन्छ भन्ने विषयमा निकै चासोपूर्वक हेरिएको छ ।

नेकपाका संस्थापक पुष्पलालको ४७ औँ स्मृति दिवसको अवसरमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र उपमहासचिव जनार्दन शर्माबिच सार्वजनिक रूपमै आरोप–प्रत्यारोप चलेको थियो । 

 

गत वर्ष साउन २६ गते स्थायी समिति बैठकमा उपमहासचिव शर्माले पार्टी निर्माण र नेतृत्व हस्तान्तरणसम्बन्धी १४ बुँदे प्रस्ताव पेस गरेका थिए । 

शर्माको प्रस्तावलाई पुस २० देखि २३ गतेसम्म बसेको केन्द्रीय समिति बैठकले हल गरी कार्यान्वयनमा लैजाने निर्णय गरेको छ ।

प्रकाशित मिति: बिहीबार, साउन १५, २०८२  १४:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update