बिहीबार घट्यो सुन-चाँदीको मूल्य, तोलाको कति ?

बिहीबार नेपाली बजारमा सुन-चाँदीको मूल्य सामान्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ८०० रुपैयाँ घटेर हो ।
बुधबार प्रतितोलामा १ लाख ९४ हजार ४०० रुपैयाँ कारोबार भएको सुन महासंघका अनुसार बिहीबार प्रतितोलामा १ लाख ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ ।
बुधबार तोलामा २ हजार ३१० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा २ हजार २७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, साउन १५, २०८२ ११:४१
प्रतिक्रिया दिनुहोस्