बागमती प्रदेश : नवनियुक्त मन्त्रीहरुको शपथग्रहण कार्यक्रम अनिश्चितकालका लागि स्थगित

बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूको शपथग्रहण रोकिएको छ ।
आज दिउँसो १ बजेका तय भएका शपथग्रहण समारोह प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा अकस्मात् बिरामी परेपछि रोकिएको हो ।
प्रदेश प्रमुख स्वास्थ्यमा समस्या आएको भन्दै अचानक काठमाडौं हिँडेपछि शपथग्रहण कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको हो ।
मुख्यमन्त्री बहादुरसिंह लामाले हिजो गोविन्द लम्साल, गीता गुरुङ र माया श्रेष्ठलाई मन्त्री नियुक्त गरेका थिए । उनी संसदीय दलको निर्वाचनमा पराजित भएका थिए ।
उनलाई दलको नेताका लागि भएको निर्वाचनमा इन्द्रबहादुर बानियाँले पराजित गरेका थिए ।
प्रकाशित मिति: बिहीबार, साउन १५, २०८२ ११:२३
प्रतिक्रिया दिनुहोस्