
मंगलबार नेप्से परिसूचक उच्च अंकले बढेको छ । नेप्से ३०.७६ अंकले बढेर ३००२.०७ विन्दुमा बन्द भएको छ ।
यसदिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ । सोमबार १९ अर्ब ३६ करोड रूपैयाँको कारोबार भएकोमा मंगलबार १८ अर्ब ५२ करोड रूपैयाँको कारोबार भएको छ ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा ८४ करोड रूपैयाँ कमी आएको हो ।
आज ३२१ वटा धितोपत्रको चार करोड १८ लाख ८ हजार ९६६ कित्ता सेयर किनबेच भएको हो । मंगलबार १७६ कम्पनीको सेयर मूल्य बढेको छ भने ७४ वटाको घटेको छ ।
यसदिन मुक्तिनाथ कृषि कम्पनी, ट्रेड टावर, सान्भी इनर्जी र नाडेप लघुवित्तको मूल्य सर्किट लेभलमा बढेको छ ।
समता घरेलु लघुवित्तको मूल्य सर्वाधिक ८.६० प्रतिशतले घटेको छ । यसैगरी, विन्ध्यवासिनी हाइड्रोपावरको मूल्य २.९३ प्रतिशतले घटेको छ ।
मंगलबार हिमालयन डिष्टिलरीको सर्वाधिक कारोबार भएको छ । सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा ग्रीन भेन्चर रहेको छ ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये विकास बैंक र वित्त समूहको परिसूचक घटेको छ भने बाँकी ११ समूहको परिसूचक बढेको हो ।