NRN
मासिक नियुक्ति कार्यान्वयन नहुँदा विद्युत प्राधिकरणका कर्मचारी आन्दोलित

पाल विद्युत प्राधिकरणका दैनिक ज्यालादारी कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।

नेपाल विद्युत प्राधिकरण दैनिक ज्यालादारी कर्मचारी संघर्ष समितिले दुई वर्षअघिको सहमति कार्यान्वयन हुनुपर्ने भन्दै धर्नालगायत आन्दोलन गरेका हुन् ।

उनीहरूले मंगलबार विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालयमा विरोध स्वरूप हातमा कालो पट्टी बाँधेर काम गरेका छन् ।

विद्युत प्राधिकरण सञ्चालक समितिको २०८० साउन ३१ गतेको ९४९ औँ बैठकबाट ज्यालादारी कर्मचारीलाई मासिक ज्यालादारीमा नियुक्ति दिने निर्णय भएको थियो ।

निर्णय कार्यान्वयन गर्न नसकिने भए औपचारिक रूपमा खारेज गर्न गरेर आफूहरूलाई घर फर्काउनुपर्ने, दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्नुपर्छ भन्ने उनीहरूको माग छ ।

उनीहरूले आफ्ना मागहरू पुरा नभएसम्म काम ठप्प पार्दै कालोपट्टीसहित अनिश्चितकालीन धर्नामा बस्ने चेतावनी दिएका छन् ।

प्रकाशित मिति: मंगलबार, साउन १३, २०८२  १४:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update