बागमतीका खानेपानीमन्त्री खड्काले पनि दिए राजीनामा

बागमती प्रदेश सरकारकाे नेतृत्व गरिरहेकाे नेपाली कांग्रेसका अर्का मन्त्रीले पनि राजीनामा दिएका छन् ।
खानेपानी, ऊर्जा तथा सिचाईं मन्त्री श्यामकुमार खड्काले हिजो साेमबार साँझ कांग्रेस संसदीय दलकाे कार्यालयमा मुख्यमन्त्री बहादुर सिंह लामा राजीनामा बुझाएका हुन् ।
खड्काले राजीनामा दिएसँगै लामाविरूद्धकाे अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छन् । लामाविरूद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने सांसदकाे संख्या २२ पुगेकाे छ ।
यसअघि ९ साउनमा प्रदेशका चार जना मन्त्रीले राजीनामा दिएर अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिए ।
कूल ११० सदस्यीय बागमती प्रदेशसभामा नेपाली कांग्रेसका ३७ सांसद रहेका छन् । संसदीय दलका बहुमतको लागि १९ सांसदको समर्थन आवश्यक पर्छ ।
प्रकाशित मिति: मंगलबार, साउन १३, २०८२ १२:२४
प्रतिक्रिया दिनुहोस्