NRN
मंगलबार घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९३ हजार रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार स्थिर रहेको सुनको मूल्य यसदिन प्रतितोला ६ सय रूपैयाँ घटेको हो ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख ९३ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो ।  

त्यसैगरी, सोमबार प्रतितोला दुई हजार दुई सय ९५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला दुई हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ बढेको हो ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय १८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: मंगलबार, साउन १३, २०८२  ११:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update