सोमबार चाँदीको मूल्य बढ्दा सुनको मूल्य स्थिर

नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य बढेको छ ।
आइतबार प्रतितोला एक लाख ९३ हजार ६ सय रूपैयाँमा कारोबार भएको सुन नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि सोहि मुलयमा कारोबार भइरहेको छ ।
त्यस्तै, सोमबार चाँदीको मूल्य बढेको छ ।
आइतबार प्रतितोला दुई हजार दुई सय ९० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला दुई हजार दुई सय ९५ रूपैयाँमा कारोबार भइरहेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ बढेको हो ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ४० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: सोमबार, साउन १२, २०८२ ११:४७
प्रतिक्रिया दिनुहोस्