NRN
आइतबार घट्यो सुन–चाँदीको मूल्य

नेपाल सूनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार नेपाली बजारमा साताको पहिलो कारोबारको दिन अर्थात् आइतबार सुनको मूल्य घटेको छ ।

शुक्रबार प्रतितोला एक लाख ९४ हजार सात सय रूपैयाँमा कारोबार भएको सुन आइतबार एक लाख ९३ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ । 

महासंघले जारी गरेको मूल्य सूचीअनुसार गत साता शुक्रबारको तुलनामा आइतबार सुन एक हजार एक सय रूपैयाँले घटेको हो ।  

त्यस्तै, शुक्रबार चाँदीको मूल्य भने घटेको छ । शुक्रबार प्रतितोला २३ सय ४० रूपैयाँमा कारोबार भइरहेको चाँदी आइतबार २२ सय ९० रूपैयाँमा कारोबार भइरहेको महासंघले तथ्यांकले देखाएको छ ।  

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३३ सय ३६ अमेरिकी डलर पुगेको छ । त्यस्तै, चाँदी प्रतिऔंस ३८ सय १८ अमेरिकी डलरमा कारोबार भएको छ । 

प्रकाशित मिति: आइतबार, साउन ११, २०८२  ११:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update