
प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसका सुख्खाग्रस्त क्षेत्रको अवस्था अवलोकन गरेका छन् । उनले आज बारा र महोत्तरीका सुख्खाग्रस्त क्षेत्रको अवस्था अवलोकन गरेका हुन् ।
देशव्यापी मनसुनी वायुको प्रभाव कमजोर हुँदा पर्याप्त वर्षा भएको छैन । मधेसमा त झन् वर्षा भएको छैन । पानी नपरेकाले मधेसमा ४० प्रतिशत पनि रोपाइँ भएको छैन । रोपाइँ नहुँदा धानको उत्पादन घट्ने विज्ञहरूले बताएका छन् ।
नेपाल सरकारले (मन्त्रिपरिषद्) को यही ७ साउनको बैठकले तीन महिना अवधिका लागि मधेश प्रदेशभर विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो ।
शुक्रबार महोत्तरी र बाराका विभिन्न कार्यक्रममा सहभागी हुन पुगेका प्रधानमन्त्री ओलीले सोही अवसरमा हेलिकोप्टरबाट सुक्खाग्रस्त क्षेत्रको अवलोकन पनि गरेका हुन् ।
दिउँसो २ बजे बाराको परवानीपुर गाउँपालिकाको नवर्मित प्रशासकीय भवन उद्घाटन गर्नेछन् भने दिउँसो ३ बजे काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।