शीतल निवास पुगेर सभामुखले गरे राष्ट्रपतिसँग भेटवार्ता

राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न सभामुख देवराज घिमिरे शीतल निवास पुगेका छन् । राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच शुक्रबार बिहान भेटवार्ता भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
भेटमा राभामुख घिमिरेले संसदका सभामुखहरूको जेनेभामा जुलाई २९ देखि ३१ सम्म हुने विश्व सम्मेलनमा नेपालको सहभागीता बारेमा राष्ट्रपति पौडेललाई जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
सभामुख घिमिरे सभामुखहरूको विश्व सम्मेलनमा सहभागी हुनका लागि २७ जुलाईमा जेनेभा जाने कार्यक्रम रहेको छ ।
यसैबीच राष्ट्रपति पौडेलले संवैधानिक परिषदसम्बन्धी विधेयक फिर्ता गरेका थिए । राष्ट्रपति पौडेलले सुझावसहित विधेयक बिहीबार प्रतिनिधि सभामा फिर्ता गरेका थिए ।
प्रकाशित मिति: शुक्रबार, साउन ९, २०८२ १२:१८
प्रतिक्रिया दिनुहोस्