NRN
शुक्रबार सुनको मूल्य घट्दा बढ्यो चाँदीको मूल्य

नेपाल सूनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।

बिहीबार प्रतितोला एक लाख ९५ हजार दुई सयमा कारोबार भएको आज सुन एक लाख ९४ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ ।  

महासंघको मूल्य सूचीअनुसार बिहीबारको तुलनामा सुन पाँच सय रूपैयाँले घटेको हो ।

त्यस्तै, बिहीबार प्रतितोला २३ सय ३५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार २३ सय ४० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३३ सय ५९ अमेरिकी डलर पुगेको छ । त्यस्तै, चाँदी प्रतिऔंस ३९ अमेरिकी डलरमा कारोबार भएको छ । 

प्रकाशित मिति: शुक्रबार, साउन ९, २०८२  ११:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update