आज पहिलोपटक सार्वजनिक रूपमा विशेष पत्रकार सम्मेलन गर्दै विद्या भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार पहिलोपटक सार्वजनिक रूपमा पत्रकार सम्मेलन गर्न लागेकी छन् ।
उनले कार्की बैंकिटमा आज दिउँसो ३ बजे विशेष पत्रकार सम्मेलन आयोजना गर्न लागेकी हुन् ।
सक्रिय राजनीतिमा पुनः प्रवेश गर्ने घोषणा गरिसकेकी भण्डारीलाई नेकपा एमालेले पार्टी सदस्यता नवीकरण नगरेर रोक लगाएपछि उनले विशेष पत्रकार सम्मेलन गर्न लागेकी हुन् ।
भण्डारीले शुक्रवार गर्ने सम्मेलनलाई अर्थपूर्ण रूपमा लिइएको छ ।
एमालेको साउन ७ गते सम्पन्न केन्द्रीय कमिटी बैठकले भण्डारीको पार्टी सदस्यता अमान्य ठहर गर्दै उनीमाथि पार्टीगत राजनीतिक गतिविधिमा सहभागी हुन रोक लगाउने निर्णय गरेको थियो ।
प्रकाशित मिति: शुक्रबार, साउन ९, २०८२ ११:२१
प्रतिक्रिया दिनुहोस्