NRN
साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा १८ अर्ब ४९ करोडको कारोबार

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) मा सामान्य बढेको छ । आज बजार परिसूचक ४.४८ अङ्कले बढेर २९८३.३६ को विन्दुमा पुगेको छ ।

यस दिन १८ अर्ब ४९ करोड रूपैयाँको सेयर कारोबार भएको छ । बुधबार १९ अर्ब ५७ करोड रूपैयाँको कारोबार भएकोमा मंगलबार २० अर्ब आठ करोड रूपैयाँको कारोबार भएको थियो ।   

१२३ कम्पनीको सेयर मूल्यमा वृद्धि हुँदा १२७ कम्पनीको सेयर मूल्य घट्यो ।

दिनभरमा ३२८ वटा स्क्रिपको ३ करोड ८९ लाख ६२ हजार ५०८ कित्ता सेयर १ लाख ५४ हजार ६४२ पटक खरिदबिक्री भएको थियो ।

कारोबार रकमका आधारमा आज राधी विद्युत कम्पनी ७७ करोड २१ लाख रुपैयाँभन्दा बढीको कारोबार गर्दै शीर्ष स्थानमा रह्यो । त्यसैगरी, ङादी पावरको ७१ करोड ९१ लाख र ग्रीन भेञ्चरले ६६ करोड २८ लाख रुपैयाँको कारोबार भएको थियो । 

आज गुडविल ग्रीन भेञ्चरका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशत कमाएका छन् । ट्रेड टावर, सान्भी इनर्जी र स्वेतगंगा हाइड्रोपावरको सेयरमा समेत सकारात्मक सर्किट लागेको छ ।

आज बजारमा विकास बैंक, हाइड्रोपावर, होटल तथा टुरिजम, म्युचुअल फण्ड र इन्भेष्टमेन्ट समूह बढ्दा अन्य समूह घटेका छन् ।

प्रकाशित मिति: बिहीबार, साउन ८, २०८२  १६:११
प्रतिक्रिया दिनुहोस्
Weather Update