एकैदिन तोलामा दुई हजार चार सयले घट्यो सुन मूल्य

नेपाल सूनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ ।
महासंघले जारी गरेको मूल्य सूचीअनुसार बुधबारको तुलनामा सुन २४ सय रूपैयाँले घटेको हो ।
बुधबार तोलाको एक लाख ९७ हजार ६ सय रूपैयाँमा कारोबार भएको सुन बिहीबार एक लाख ९५ हजार दुई सयमा कारोबार भइरहेको छ ।
त्यस्तै, बिहीबार चाँदीको मूल्य पनि घटेको छ ।
बुधबार २३ सय ५० रूपैयाँमा कारोबार भइरहेको चाँदी बिहीबार २३ सय ३५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३३ सय ८१ अमेरिकी डलर पुगेको छ । चाँदी प्रतिऔंस ३९ सय ७ अमेरिकी डलर पुगेको छ ।
प्रकाशित मिति: बिहीबार, साउन ८, २०८२ ११:५८
प्रतिक्रिया दिनुहोस्