बुधबार बढ्यो सुन- चाँदीको मूल्य, तोलाको कति ?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बुधबार) सुन- चाँदीको मूल्य बढेको छ ।
महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको तुलनामा आज नेपाली बजारमा सुनको मूल्य तोलामा २ हजार १०० रुपैयाँ बढेको छ ।
मंगलबार छापावाल सुन तोलामा १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको थियो ।
यस्तै, महासंघका अनुसार बुधबार चाँदी तोलामा २ हजार ३५० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार चाँदी तोलामा २ हजार ३२० रुपैयाँ कायम भएको थियो ।
प्रकाशित मिति: बुधबार, साउन ७, २०८२ ११:४५
प्रतिक्रिया दिनुहोस्