NRN
मंगलबार सेयर बजार ८०.९७ अंकले बढेर २९७३.७० अंकमा

मंगलबार नेप्से उच्च अंकले बढेको छ । सेयर बजार ८०.९७ अंकले बढेर २९७३.७० अंकमा पुगेको छ । नेप्सेको यो अंक गत २ भदौयताकै उच्च हो । गत २ भदौमा नेप्से ३ हजार अंक पुगेको थियो ।

मंगलबार कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन १६ अर्ब ३२ करोडको कारोबार भएकोमा आज २० अर्ब ८ करोडको कारोबार भइरहेको छ । २३६ कम्पनीको मूल्य बढ्दा १४ को घटेको छ ।

यस दिन तीन समूह ४ प्रतिशतभन्दा धेरै बढेको छ । जसमा उत्पादन तथा प्रशोधन ४.६३, जीवन बीमा ४.३६ तथा माइक्रोफाइनान्स ४.०७, बैंकिङ २.१०, विकास बैंक २.२६, फाइनान्स १.९४, होटल तथा पर्यटन ३.४४, हाइड्रोपावर १.९०, लगानी ३.२४, निर्जीवन बीमा २.५६, अन्य ३.२६ तथा व्यापार १.०१ प्रतिशतले छन् । 

तीन कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा ट्रेड टावर, सान्भी इनर्जी र शिवम् सिमेन्ट छन् । ट्रेड टावर र सान्भी इनर्जी नयाँ कम्पनी हुन् ।

त्यस्तै, उन्नति सहकार्य लघुवित्तको ९.९०, विन्ध्यबासिनी हाइड्रोपावरको ९.७६, सोनापुर सिमेन्टको ८.७७, इनिफिनिटी लघुवित्तको ८.३६ प्रतिशत मूल्य बढ्यो ।

बोटलर्स नेपाल बालाजुको २.४६, ग्रिन डेभलपमेन्ट बैंकको २.१९ तथा पन्चकन्या माइ हाइड्रोपावरको २.०३ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका पाँच कम्पनीमा नेपाल पुनर्बीमा, शिवम् सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स, बुटवल पावर र ङादी ग्रुप छन् ।

बजारको पूँजीकरण (सूचीकृत सबै सेयरको बजार मूल्य) ४९ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको छ । बजारको यो आकार हालसम्मकै ठूलो हो ।

प्रकाशित मिति: मंगलबार, साउन ६, २०८२  १५:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update