एकैदिन प्रतितोला १८ सयले बढ्यो सुनको मूल्य, चाँदीको कति ?

नेपाल सूनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य बढेको छ ।
महासंघको अनुसार सोमबारको तुलनामा मंगलबार सुन प्रतितोला एक हजार ८ सय रूपैयाँले बढेर एक लाख ९५ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार सुन प्रतितोला एक लाख ९३ हजार ७ सय रूपैयाँ पुगेको थियो ।
त्यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेर हालसम्मकै उच्च मुल्यमा पुगेको छ ।
सोमबार प्रतितोला २२ सय ८५ रूपैयाँमा कारोबार भएको चाँदी एकैदिन ३५ रूपैयाँले बढेर २३ सय २० रूपैयाँ पुगेको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३३ सय ८७ डलर पुगेको छ । चाँदीको मूल्य प्रतिऔंस ३८.७९ डलर पुगेको छ ।
प्रकाशित मिति: मंगलबार, साउन ६, २०८२ ११:४१
प्रतिक्रिया दिनुहोस्