NRN
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे चीन प्रस्थान

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे चीन प्रस्थान गरेका छन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार बिहान मुख्यमन्त्री पाण्डे चीन प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ ।

नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन मुख्यमन्त्री पाण्डे चीन प्रस्थान गरेका हुन् । 

मुख्यमन्त्री पाण्डेको नेतृत्वमा ५ सदस्यीय प्रतिनिधिमण्डल चीन गएको हो ।  भ्रमण टोलीमा मुख्यमन्त्रीकी पत्नी बिना पाण्डे, नेपाली कांग्रेसका प्रमुख सचेतक नन्दप्रसाद न्यौपाने, एमालेका प्रमुख सचेतक गोविन्दबहादुर नेपाली र मुख्यमन्त्रीका प्रेस संयोजक नरहरि सापकोटा छन् ।

टोलीलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यवाहक मुख्यमन्त्री कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पदमा जिसी श्रेष्ठ, मन्त्रीहरू तथा प्रदेश सभा सदस्यहरूले बिदाइ गरेका थिए । 

६ देखि १२ साउनसम्म हुने भ्रमणलाई गत २३ असारमा संघीय मन्त्रिपरिषद्को बैठकले स्वीकृत प्रदान गरेको थियो । 

मुख्यमन्त्री पाण्डे सात दिने चीन भ्रमणमा गएको उनको सचिवालयको भनाइ छ ।

गण्डकीको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी कृषि, भूमि तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठलाई दिइएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन ६, २०८२  ११:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update