सोमबार सुनको मूल्य बढ्दा, चाँदीको मूल्य स्थिर

नेपाल सूनचाँदी व्यवसायी महासंघकाे अनुसार नेपाली बजारमा सोमबार पनि सुनको मूल्य बढेको छ ।
महासंघकाे तथ्यांक अनुसार आइतबारको तुलनामा सुन प्रतितोला चार सय रूपैयाँले बढेर एक लाख ९३ हजार ७ सय रूपैयाँमा काराेबार भइरहेको छ ।
आइतबार सुन प्रतिताेला एक लाख ९३ हजार तीन सय रुपैयाँमा काराेबार भएकाे थियाे ।
त्यस्तै, सोमबार चाँदीको मूल्य भने स्थिर छ ।
आइतबार चाँदी प्रतितोला दुई हजार २८५ रूपैयाँ मूल्य रहेकोमा सोमबार पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, साउन ५, २०८२ १२:१३
प्रतिक्रिया दिनुहोस्