प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्य मिश्रले दिए राजीनामा

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका विज्ञ सदस्य अमरराज मिश्रले राजीनामा दिएका छन् ।
मिश्रले आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा बुझाएका हुन् ।
वित्त आयोगको सुशासनसँग सम्बन्धित विषयमा असन्तुष्टि जनाउँदै उनले राजीनामा दिएको बताएका छन् ।
केही दिनअघि मात्र सर्वोच्च अदालतले संयुक्त निकायमा नियुक्त पदाधिकारीले पूर्ण अवधि काम गर्न पाउने गरी फ़ैसला गरेको थियो ।
प्रकाशित मिति: बिहीबार, साउन १, २०८२ १३:१६
प्रतिक्रिया दिनुहोस्