NRN
रास्वपाले आज पत्रकार सम्मेलन गर्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज पत्रकार सम्मेलन गर्दैछ । पत्रकार सम्मेलन आज दिउँसो साढे ३ बजे पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा हुनेछ ।

पत्रकार सम्मेलन गरेर समसामयिक राजनीतिक घटनाक्रम धारणा सार्वजनिक गर्दैछ ।

रास्वपाले पार्टी सभापति रवि लामिछानेप्रति राजनीतिक प्रतिसोध भएको भनेर हस्ताक्षर अभियान चलाउँदै आएको छ ।

पार्टी प्रवक्ता मनिष झाका अनुसार हस्ताक्षर अभियानका साथै समसामयिक राजनीतिक घटनाक्रम, सदन बहिष्कार, रुपन्देही–३ को उपनिर्वाचनमा उम्मेदवार चयन कार्यविधि लगायत विषयमा समेत पार्टीको धारणा सार्वजनिक हुनेछ ।

प्रकाशित मिति: बिहीबार, साउन १, २०८२  १२:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update