NRN
बिहीबार पनि बढ्यो नेपाली बजारमा सुनको मूल्य, चाँदीको कति ?

बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

बुधबार प्रतितोला एक लाख ९२ हजार रूपैयाँमा कारोबार भएको सुन बिहीबार प्रतितोला एक लाख ९२ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुन प्रतितोला तीन सय रूपैयाँले बढेको हो । 

त्यस्तै, बिहीबार चाँदीको मूल्य पनि प्रतितोला पाँच रूपैयाँले बढेको छ । 

बुधबार चाँदी प्रतितोला २२ सय ६० रूपैयाँमा कारोबार भइरहेकोमा बिहीबार २२ सय ६५ रूपैयाँमा कारोबारले भइरहेको महासंघले जनाएको छ । 

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ३९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: बिहीबार, साउन १, २०८२  ११:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update