बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी सहसचिव सेवन्तक पोखरेललाई

बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी सहसचिव सेवन्तक पोखरेललाई दिइएको छ ।
मन्त्रिपरिषद्ले छानबिन समिति बनाएसँगै शरद ओझा स्वतः निलम्बनमा परेसँगै अर्को व्यवस्था नभएसम्मका लागि प्राधिकरणको अध्यक्षको जिम्मेवारी पोखरेललाई दिइएको हो ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ओझामाथि छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेसँगै ओझा निलम्बनमा परेका थिए ।
प्राधिकरणका अध्यक्ष रिक्त हुँदा तत्कालको लागि अर्थ मन्त्रीले निर्णय गरी पठाउने यसअघिको व्यवस्थालाई निरन्तरता दिँदै सोमबार साँझ मन्त्रिपरिषद् बैठकलगत्तै पोखरेललाई जिम्मेवारीसम्बन्धी निर्णय गरेको अर्थ मन्त्रालयले जनाएको छ ।
पोखरेल वित्तीय क्षेत्र तथा संस्थान समन्वय महाशाखाका प्रमुख छन् ।
प्रकाशित मिति: मंगलबार, असार ३१, २०८२ १४:५८
प्रतिक्रिया दिनुहोस्