NRN
मंगलबार सुनको मूल्य स्थिर हुँदा घट्यो चाँदीको मूल्य

मंगलबार सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला एक लाख ९३ हजार तीन सय रूपैयाँमा कारोबार भएको सुन मंगलबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै, सोमबार प्रतितोला २३ सय १५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार २२ सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार चाँदीको मूल्य भने प्रतितोला ४० रूपैयाँले घटेको छ ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ६४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: मंगलबार, असार ३१, २०८२  ११:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update