NRN
एकैदिन प्रतितोला ११ सय रूपैयाँ बढ्यो सुनको मूल्य, तोलाको कति ?

नेपाली बजारमा आज (आइतबार) सुन–चाँदीको मूल्य बढेको छ ।

अघिल्लो दिन अर्थात् शुक्रबारको तुलनामा सुनको मूल्य यसदिन प्रतितोला एक हजार एक सय सय रूपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला एक लाख ९२ हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार प्रतितोला एक लाख ९१ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, यसदिन चाँदीको मूल्य प्रतितोला दुई हजार दुई सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ । 

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ६५ रूपैयाँ बढेको हो ।

शुक्रबार चाँदी प्रतितोला दुई हजार दुई सय २० रूपैयाँमा मूल्यमा कारोबार भएको थियो । 

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ५६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: आइतबार, असार २९, २०८२  ११:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update