NRN
काठमाडौं महानगरपालिकाले २५ अर्ब ११ करोड ४३ लाख रुपैयाँको बजेट ल्याउने

काठमाडौं महानगरपालिकाले २५ अर्ब ११ करोड ४३ लाख रुपैयाँको बजेट ल्याउने भएको छ ।

काठमाडौं महानगर प्रमुख बालेन्द्र (बालेन) साहको अध्यक्षतामा महानगर कार्यालय काठमाडौं प्लाजामा बसेको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठकले आगामी आवका लागि बजेट सीमा निर्धारण गरेको हो ।

सो क्रममा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि २५ अर्ब ११ करोड ४३ लाख रुपैयाँको बजेट सार्वजनिक गर्ने तयारी गर्दै छ ।

बैठकमा प्रमुख साहले जनचाहना अनुरूप विकासका कार्य गर्ने गरी पूर्वाधार विकासमा बजेट थप गर्न निर्देशन दिएका थिए ।

चालु आवको तुलनामा आगामी वर्षका लागि सबैभन्दा धेरै बजेट भौतिक तथा पूर्वाधार विकासमा बजेट थप गर्ने राजस्व परामर्श समितिले निर्णय समेत गरेको छ ।

पूर्वाधारका लागि ५१ प्रतिशत, शिक्षा स्वास्थ्य तथा सामाजिक क्षेत्रका लागि २० प्रतिशत र बाँकी अन्य क्षेत्रका लागि छुट्याउन सिफारिस गरेको छ । 

प्रकाशित मिति: शुक्रबार, असार २७, २०८२  १४:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update