
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. दीपक अर्याल नियुक्त भएका छन् । प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले त्रिविको उपकुलपतिमा प्रा. डा. दीपक अर्याल नियुक्त गरेका हुन् ।
शिक्षामन्त्री रघुजी पन्तको अध्यक्षतमा गठित सिफारिस समितिले २३ असारमा प्रधानमन्त्री एवं कुलपति ओलीसमक्ष उपकुलपतिका लागि निमित्त उपकुलपति प्रा. डा. खड्ग केसी, त्रिविको विज्ञान सङ्कायका पूर्वडीन प्रा. डा. विनिल अर्याल र जल तथा मौसम केन्द्रीय विभागका पूर्वप्रमुख डा. दीपक अर्यालको नाम सिफारिस गरेको थियो । तीन जनामध्येबाट कुलपति ओलीले अर्याललाई नियुक्त गरेका हुन् ।
अर्याल जल तथा मौसम विज्ञान केन्द्रीय विभागका पूर्वप्रमुख हुन् ।
उपकुलपति प्रा. डा. केशरजंग बरालले दिएको राजीनामा गत २८ चैतमा स्वीकृत भएपछि गत ३१ चैतमा विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले शिक्षाध्यक्ष केसीलाई पदपूर्ति नभएसम्मका लागि बढीमा तीन महिनाका लागि उपकुलपतिको जिम्मेवारी दिएका थिए ।