नेपाल सुनचाँदी व्यवसायी महासङ्घको बुधबार ऱ्याली सहित कोणसभा कार्यक्रम
_pj0GD0tNGS-1752044389.jpg)
नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बुधबार ऱ्याली सहित कोणसभा कार्यक्रम गरेका छन् ।
आगामी आर्थिक वर्ष २०८२/८३ को आर्थिक विधेयकमार्फत सरकारले सुनमा लगाएको २ प्रतिशत विलासिता कर र हिरामा लगाएको १३ प्रतिशत मूल्य अभिवृद्धि करको विरुद्धमा सुनचाँदी व्यवसायी आन्दोलित बनेका हुन् ।
उनीहरूले न्युरोड जुद्धशालिक बाट र्याली सुरु गरेर इन्द्रचोक, जनबहाल, असन, कमलाछी, विश्वज्योति, जमल, घण्टाघर, भद्रकाली, सहिद गेट, न्यूरोड गेट, जुद्धशालिक हुँदै पुरानो नगरपालिकामा कोणसभा गरेका थिए ।
प्रकाशित मिति: बुधबार, असार २५, २०८२ १२:४६
प्रतिक्रिया दिनुहोस्