NRN
उद्धारमा लाग्न कार्यकर्तालाई एमालेको निर्देशन

एमालेले प्राकृतिक विपद्मा परेको क्षेत्रमा उद्धार र राहतमा सक्रिय हुन आफ्ना कार्यकर्तालाई निर्देशन दिएको छ ।

बागमती प्रदेश कमिटीकी उपसचिव तथा प्रचार प्रमुख भक्तकुमारी लामाद्वारा जारी विज्ञप्तिमा गए रातिको अविरल वर्षाका कारण चीनको तिब्बत क्षेत्रबाट बग्ने लेन्दी खोला उर्लिंदा नेपालतर्फ भएको क्षतिप्रति दुःख व्यक्त गरिएको छ ।

साथै एमाले बागमती प्रदेश कमिटी, जनवर्गीय संगठन र मातहत कमिटीका सदस्यलाई उद्धार र राहत कार्यमा सक्रियतापूर्वक सहभागी हुन उक्त विज्ञप्तिमार्फत निर्देशन दिइएको छ ।

हालसम्‍म चीनतर्फबाट आएको बाढीका कारण रसुवागढी हाइड्रोपावरको ड्याम साइडमा फसेको ५५ जनाको उद्धार गरिएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको उद्दार टोलीले मंगलबार दिउँसो १२:५० बजेसम्म ५० जनाको उद्धार गरिएको जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, असार २४, २०८२  १६:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update