NRN
मंगलबार नेप्से परिसूचक स्थिर

मंगलबार नेप्से परिसूचक स्थिर रहेको छ । सोमबार २६८३ विन्दुमा बन्द भएको नेप्से मंगलबार २६८३.८६ विन्दुमा बन्द भएको छ ।

यसदिन कारोबार रकम पनि घटेको छ । सोमबार आठ अर्ब ३७ करोड रूपैयाँको कारोबार भएकोमा मंगलबार ६ अर्ब ५७ करोड रूपैयाँको कारोबार भएको छ । 

अघिल्लो दिनको तुलनामा कारोबार रकममा १ अर्ब ८० करोड रूपैयाँ कमी आएको हो ।

आज ३०४ वटा धितोपत्रको एक करोड ५० लाख २७ हजार ३७२ कित्ता सेयर किनबेच भएको हो । मंगलबार १३३ कम्पनीको सेयर मूल्य बढेको छ भने ११५ वटाको घटेको छ । 

यसदिन बुटवल पावर कम्पनीको मूल्य सर्वाधिक ८.२१ प्रतिशतले बढेको छ । पिपुल्स हाइड्रोपावरको मूल्य ५.९६ प्रतिशतले बढेको छ ।

यस्तै, रसुवागढी हाइड्रोपावरको मूल्य सर्वाधिक ८.०८ प्रतिशतले घटेको छ । आइसिएफसी फाइनान्सको डिबेञ्चरको मूल्य ३.९२ प्रतिशतले घटेको छ ।

यसैगरी, मंगलबार नेपाल रिइन्स्योरेन्स सर्वाधिक कारोबार भएको छ । सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा बुटवल पावर कम्पनी रहेको छ ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ६ समूहको परिसूचक घटेको छ भने बाँकी सात समूहको परिसूचक बढेको हो । 

यसदिन वित्त समूहको परिसूचक सर्वाधिक १.२५ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति: मंगलबार, असार २४, २०८२  १५:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update