NRN
धादिङको त्रिशूली नदीमा दुई जनाको शव फेला

धादिङको त्रिशूली नदीमा दुई जनाको शव फेला परेको छ । 

गल्छी गाउँपालिका-२ केउरेनीटार र गजुरी गाउँपालिका-६ बेल्खुमा पुरूषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएका छ ।

बेल्खुमा भेटिएका शव अन्दाजी ३५/३६ वर्षका पुरुषको छ । केउरेनीटारमा भेटिएका शव पनि अन्दाजी ३५/४० वर्षको पुरूषको छ । 

शव रसुवाबाट बगाएर ल्याएको हुनसक्ने अनुमान गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय धादिङ, नुवाकोट र रसुवाले संयुक्त रूपमा जारी गरेको सूचनामा यही असार २३ गते राति भारी वर्षासँगै त्रिशूली नदीको शिर क्षेत्रमा पानीको बहाव उच्च हुँदै गएकाले नदी किनारका बासिन्दालाई विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

सम्भावित बाढी, पहिरो वा अन्य प्राकृतिक विपद्का घटनाबारे नजिकैको सुरक्षा निकायलाई तुरुन्तै जानकारी गराउन पनि अनुरोध गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, असार २४, २०८२  १२:००
प्रतिक्रिया दिनुहोस्
Weather Update