प्रतिनिधिसभामा रास्वपा र राप्रपा संसद्ले गरे विरोध

प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध गरेका छन् । सभामुख देवराज घिमिरेले बैठक सुरु गर्दावित्तिकै दुवै पार्टीका सांसदहरूले उठेर विरोध गरेका हुन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै दुवै दलले संसद् अवरोध गर्दै आइरहेको छ ।
यसैबीच आज पनि रास्वपा सांसदहरू रोस्ट्रम अघि उभिएर अवरोध गरेका थिए । अवरोध लगत्तै दुवै दलका सांसदहरू बैठक छाडेर बाहिरिएका छन् ।
सरकारले उक्त प्रकरणमा बनाएको छानबिन समितिलाई रास्वपाले स्वीकार गरेको छैन ।
प्रकाशित मिति: सोमबार, असार २३, २०८२ १५:१६
प्रतिक्रिया दिनुहोस्