डेढ घण्टा पछि धकेलियो कांग्रेस केन्द्रीय समिति बैठक

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सरेको छ । सोमबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक ३:३० बजे बस्ने गरि सारिएको हो ।
१६ असारदेखि सुरु भएको बैठकमा केन्द्रीय सदस्य र सहमहामन्त्रीहरुले धारणा राखिसकेका छन् ।
आजको बैठकमा सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले धारणा राख्नेछन् ।
पाँच शीर्ष नेताले बोलिसकेपछि निर्णय गरेर बैठक आजै सक्ने कांग्रेसको तयारी छ ।
प्रकाशित मिति: सोमबार, असार २३, २०८२ १२:३२
प्रतिक्रिया दिनुहोस्