प्रधानमन्त्री ओलीले आज प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।
सोमबार दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीले भर्खरै सम्पन्न भएको विदेश भ्रमण लगायत समसामयिक विषयमा सम्बोधन गर्ने छन् ।
विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनमा भाग लिन असार १४ गते स्पेन गएका ओली असार २० गते स्वदेश फर्किएका थिए ।
प्रकाशित मिति: सोमबार, असार २३, २०८२ १२:००
प्रतिक्रिया दिनुहोस्