NRN
नाउपाले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय

नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

नाउपाको शुक्रबार बसेको संसदीय दलको बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । 

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले नाउपाका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई बिहीबार पदबाट हटाएका थिए ।

कृषकहरूका लागि अनुदानमा दिने पावर टिलर (हाते ट्याक्टर) वितरणमा आर्थिक चलखेल गरेको आरोप लागेपछि मुख्यमन्त्री शाहले चौधरीलाई बर्खास्त गरेका थिए ।

आफ्नो मन्त्रीलाई जबर्जस्ती हटाएर अपमान गरेको भन्दै नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ र रेशम चौधरीले संघ र प्रदेश दुवैतिर प्रतिपक्षमा बस्ने निष्कर्ष निकालेका थिए ।

अध्यक्ष र संरक्षकको त्यही निर्देशन गएपछि दलका नेताले शुक्रबार समर्थन फिर्ता गर्ने निर्णय गरेका हुन् ।

प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२  १५:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update