यातायात व्यवस्था विभागको सर्भरमा समस्या, देशभर ट्रायल र लिखित परीक्षा रोकियो

सवारी चालक अनुमतिपत्र प्रणालीसँग सम्बन्धित सबै सेवाहरू अर्को व्यवस्था नहुन्जेलसम्मका लागि बन्द भएका छन् ।
प्रणालीमै समस्या आएकोले विभागको सवारी चालक अनुमति पत्रसँग सम्बन्धित सबै सेवा (इडिएल, अनलाइन आवेदन, अत्यावश्यक लाइसेन्स प्रिन्ट) लगायत सबै सेवा बन्द हुन पुगेको हो ।
समस्या समाधानका कार्य भइरहेकाले अर्को सूचना प्रकाशित नभएसम्म अनलाइन आवेदन प्रणाली र अत्यावश्यक लाइसेन्स प्रिन्ट प्रणालीसहितका सबै सेवाहरू बन्द हुने विभागको सूचनामा उल्लेख छ ।
प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२ १५:०४
प्रतिक्रिया दिनुहोस्