NRN
शुक्रबार घट्यो अमेरिकी डलरको मूल्य, अन्य विदेशी मुद्रा कतिमा हुँदैन ?

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको मूल्य घटेको छ ।

बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ २० पैसा र बिक्रीदर १३६ रुपैयाँ ८० पैसा कायम गरिएको छ भने अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ६१  पैसा र बिक्रीदर ९० रुपैयाँ निर्धारण गरिएको छ ।

त्यस्तै, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ३० पैसा र बिक्रीदर १०० रुपैयाँ ७४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ र बिक्रीदर १०७ रुपैयाँ ४७ पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ ६३ पैसा र बिक्रीदर १६१ रुपैयाँ ३४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ०४ पैसा र बिक्रीदर १८६ रुपैयाँ ८६ पैसा कायम गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४७ पैसा र बिक्रीदर नौ रुपैयाँ ५१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०२ पैसा र बिक्रीदर १९ रुपैयाँ १० पैसा कायम गरिएको छ ।

त्यसैगरी, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५३ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३७ रुपैयाँ २४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ २५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३९ पैसा निर्धारण गरिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३५ पैसा र बिक्रीदर १७ रुपैयाँ ४३  पैसा, कुवेती दिनार एकको खरिददर ४४६ रुपैयाँ ३४ पैसा र बिक्रीदर ४४८ रुपैयाँ ३० पैसा कायम गरिएको छ ।

बहराइन दिनार एकको खरिददर ३६१ रुपैयाँ ३० पैसा र बिक्रीदर ३६२ रुपैयाँ ८९ पैसा, ओमनी रियाल एकको खरिददर ३५३ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ३२ पैसा रहेको छ ।

 

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२  ११:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update