नेकपा एसको सचिवालय बैठक एकैछिन बसेर स्थगित

नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक एकैछिन बसेर स्थगित भएको छ ।
बिहीबार केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बैठक महासचिव भुसालको स्वास्थ्यमा समस्या देखिएपछि स्थगित भएको हो । अर्को बैठक २२ गते ११ बजे बस्ने तय भएको छ ।
बैठकमा समसामयिक राजनीति परिस्थितिको विश्लेषण, पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि अख्तियारले लगाएको मुद्दा र त्यस मुद्दासँग जोडिएका विभिन्न कानुनी पक्षमा छलफल भएको थियो ।
उपाध्यक्ष जगन्नाथ खतिवडाले पार्टीको अनुशासन आयोगले स्पष्टीकरण सोधेको दाबी गरे । तर नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले आफूलाई स्पष्टीकरण नसोधेको दाबी गर्दै आज बैठकमा बोल्न समय माग गरेकी थिइन् ।
प्रकाशित मिति: बिहीबार, असार १९, २०८२ १५:२०
प्रतिक्रिया दिनुहोस्