NRN
गायिका एलिना चौहानलाई गालीगलौज गरेको आरोपमा एक जना पक्राउ

गायिका एलिना चौहानलाई गाली गलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्युरोले चौहानलाई गाली गर्ने एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा चितवन घर भई ललितपुरको बाडेगाउँ बस्ने ३३ वर्षीय गुन्जन राई छन् । उनलाई बुधवार ललितपुरको बाँडेगाउँबाट पक्राउ गरिएको हो ।

उनीविरूद्ध म्याद थप भइसकेको छैन । उनलाई काठमाडौं जिल्ला अदालत लगेर म्याद थप गर्ने तयारी छ । 

गायिका एलिना चौहानले गत सोमबार साइबर ब्युरो पुगेर सामाजिक सञ्जालमा चरित्रहत्या गर्ने चार जनाविरूद्ध उजुरी दिएकी थिइन् । त्यसमध्ये एक जना समातिएका हुन् ।

एलिना र अर्की गायिका समीक्षा अधिकारीले सामाजिक सञ्जालमा अमर्यादित कमेन्ट गर्ने प्रयोगकर्ताहरूको ‘फेसबुक प्रोफाइल’ सामाजिक सञ्जालबाटै सार्वजनिक गरिरहेका छन् ।

यो अभियानसँगै अहिले अमर्यादित कमेन्ट आउने क्रम कम भएको एलिनाको भनाइ थियो ।

प्रकाशित मिति: बिहीबार, असार १९, २०८२  १५:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update