नेकपा एमालेका महासचिव पोखरेलको नेतृत्वबारे भइरहेको बहस रोक्न निर्देशन

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेतृत्वबारे भइरहेको बहस रोक्न निर्देशन दिएका छन् ।
बागमती प्रदेशको भर्चुअल बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले नेतृत्वबारे अहिले बहस गर्ने बेला नभएको बताएका हुन् ।
‘महाधिवेशनको मिति निर्धारण नभइसकेको अवस्थामा नेतृत्वको बहस पूर्णत: रोक्नुपर्छ’, महासचिव पोखरेलले भनेका छन् । उनले पार्टी पंक्तिले नीति र विधि निर्माणमा केन्द्रित हुनुपर्ने पनि बताएका छन् ।
भदौ २०–२२ गतेलाई विधान महाधिवेशन तय भएकोले सबै नेता कार्यकर्तालाई पार्टीको नीति र विधि निर्माणमा केन्द्रित हुन पनि महासचिव पोखरेलले निर्देशन दिए ।
महासचिव पोखरेलले राजनीतिक र सांगठानिक प्रतिवेदन केन्द्रीय कमिटीबाट सिधै विधान महाधिवेशनमा प्रस्तुत हुने जानकारी दिए ।
प्रकाशित मिति: बुधबार, असार १८, २०८२ १५:४१
प्रतिक्रिया दिनुहोस्