NRN
पूर्वराष्ट्रपति भण्डारीबाट आजैबाट लागू हुनेगरी सरकारी सेवा-सुविधा फिर्ता

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी सेवासुविधा फिर्ताको निवेदन दिएकी छन् ।

बुधबारदेखि लागू हुने गरी सेवा सुविधा फिर्ता गरिएको व्यहोरासहितको पत्र राष्ट्रपति भण्डारीले स्वकीय सचिव राजकुमार राईमार्फत् गृह मन्त्रालयमा पठाएको उनको सचिवालयले जनाएको छ ।

दुई कार्यकाल राष्ट्रपति बनेकी उनी हालै नेकपा (एमाले) को सक्रिय राजनीतिमा फर्केकी छिन् । उनले एमालेमा आफ्नो सदस्यता नवीकरण गराएकी छन् ।

भण्डारीले असार १४ गते आफू एमालेको सक्रिय राजनीतिमा फर्केको घोषणा गरेकी थिइन् । 

प्रकाशित मिति: बुधबार, असार १८, २०८२  १५:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update