NRN
बुधबार घट्यो अमेरिकी डलरको मूल्य, अन्य विदेशी मुद्राको विनिमयदर कति ?

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको मूल्य घटेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५४ पैसा र बिक्रीदर १३७ रुपैयाँ १४ पैसा निर्धारण गरिएको छ । 

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ८८  पैसा र बिक्रीदर ९० रुपैयाँ २८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ३४ पैसा र बिक्रीदर १०० रुपैयाँ ७८ पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १६१ रुपैयाँ २३ पैसा र बिक्रीदर १६१ रुपैयाँ ९३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १८८ रुपैयाँ ७९ पैसा कायम गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ५५ पैसा र बिक्रीदर नौ रुपैयाँ ६० पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०६ पैसा र बिक्रीदर १९ रुपैयाँ १५ पैसा तोकिएको छ ।

साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५७ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६३ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार युएई दिराम एकको खरिददर ३७ रुपैयाँ १७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६७ पैसा कायम गरिएको छ ।

साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०९ पैसा र बिक्रीदर १० रुपैयाँ १३ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३९ पैसा र बिक्रीदर १७ रुपैयाँ ४७  पैसा, कुवेती दिनार एकको खरिददर ४४७ रुपैयाँ ५३ पैसा र बिक्रीदर ४४९ रुपैयाँ ५० पैसा कायम भएको छ ।

बहराइन दिनार एकको खरिददर ३६२ रुपैयाँ १३ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ७२ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुपैयाँ ६४ पैसा र विक्रीदर ३५६ रुपैयाँ २० पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

प्रकाशित मिति: बुधबार, असार १८, २०८२  ११:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update