NRN
रास्वपाले माग्यो राज्य व्यवस्था समिति सभापति खतिवडाको राजीनामा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कुलिङ पिरियडमा भएको गलत कार्यको जिम्मेवारी लिन राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई आग्रह गरेको छ ।

सभामुखसँग छलफलपछि बाहिरिने क्रममा रास्वपाका प्रवक्ता मनिष झाले सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति खतिवडाको राजीनामा मागेका हुन् ।

राज्य व्यवस्था समितिका सभापति ज्यू, निजामती बिधेयकमा, तपाईले संघीय सदनको रोस्टमबाट टेब्ल गरेको भन्दा फरक कुरा कसरी आयो ?’ प्रवक्ता झा को सुझाव छ, ‘की यो सुधार्नुस्, कि आफूले गरेको नालायकीपन स्वीकार गरेर समितिबाट राजीनामा दिनुस् ।’

साथै रास्वपाका प्रवक्ता झाले पढ्दै नपढी विधेयक पारित गर्ने सांसदहरूप्रति समेत कटाक्ष गरेका छन् ।

निजामती सेवा विधेयकमा ‘कुलिङ पिरियड’ नराख्ने सहमति समितिमा भए पनि संसदमा पुगेकाे विधेयकमा भने ‘कुलिङ पिरियड’ राखेर पारित भएकाे रहस्य खुले पछि यतिखेर खतिवडाकाे आलोचना भइरहेकाे छ  । 

प्रकाशित मिति: मंगलबार, असार १७, २०८२  १२:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update