NRN
सोमबार नेप्से ९.१९ अंकले बढेर २६३१.४८ विन्दुमा बन्द

सोमबार नेप्से परिसूचक बढेको छ । नेप्से ९.१९ अंकले बढेर २६३१.४८ विन्दुमा बन्द भएको हो । यसदिन कारोबार रकम भने घटेको छ । 

आइतबार सात अर्ब १२ करोड रूपैयाँको कारोबार भएकोमा सोमबार ६ अर्ब ३८ करोड रूपैयाँको कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ७४ करोड रूपैयाँ कमी आएको हो । 

आज ३१८ वटा धितोपत्रको एक करोड ४१ लाख ७२ हजार ५३५ कित्ता सेयर किनबेच भएको छ । सोमबार १४५ कम्पनीको सेयर मूल्य बढेको छ भने १०३ वटाको घटेको छ । 

यसदिन राप्ति हाइड्रोको मूल्य सर्वाधिक ९.९७ प्रतिशत र धैलागिरी लघुवित्तको मूल्य ९.८० प्रतिशतले बढेको छ ।

यस्तै, पञ्चकन्या माई हाइड्रोपावरको मूल्य सर्वाधिक ४.९२ प्रतिशत र ग्रीन डेभलपमेन्ट बैंकको मूल्य ४.६५ प्रतिशतले घटेले घटेको छ ।

यसैगरी, सोमबार साहस ऊर्जाको सर्वाधिक कारोबार भएको छ । सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सानिमा माई हाइड्रोपावर रहेको छ ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये चार समूहको परिसूचक घटेको छ भने बाँकी नौ समूहको बढेको छ । 

प्रकाशित मिति: सोमबार, असार १६, २०८२  १५:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update