
बिहीबार नेप्से परिसूचक घटेको छ । नेप्से ४.४५ अंकले घटेर २५९५.७४ विन्दुमा बन्द भएको हो ।
यसदिन कारोबार रकम भने केही बढेको छ । बुधबार पाँच अर्ब ९४ करोड रूपैयाँको कारोबार भएकोमा बिहीबार सात अर्ब ७८ करोड रूपैयाँको कारोबार भएको छ ।
अघिल्लो दिनको तुलनामा कारोबार रकम एक अर्ब ८४ करोड रूपैयाँ बढेको हो ।
आज ३०६ वटा धितोपत्रको एक करोड ९६ लाख ५० हजार २१० कित्ता सेयर किनबेच भएको छ । बिहीबार ९३ कम्पनीको सेयर मूल्य बढेको छ भने १५५ वटाको घटेको छ ।
यसदिन ग्रीन डेभलपमेन्ट बैंको मूल्य सर्वाधिक ९.१८ प्रतिशत, सप्तकोशी डेभलपमेन्ट बैंकको मूल्य ९ प्रतिशतले बढेको छ ।
यस्तै, रिलायवल समृद्धि योजनाको मूल्य सर्वाधिक ९.३० प्रतिशत, ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य ६.०६ प्रतिशतले घटेको छ ।
यसैगरी, बिहीबार बुटवल पावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा राधी विद्युत कम्पनी रहेको छ ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये नौ समूहको परिसूचक घटेको छ भने बाँकी चार समूहको बढेको छ ।
यसदिन होटल्स समूहको परिसूचक सर्वाधिक १.८७ प्रतिशतले बढेको छ ।