NRN
कर्णाली प्रदेशमा असार १५ गते सार्वजनिक बिदा

कर्णाली प्रदेशमा असार १५ गत सार्वजनिक बिदा हुने भएको छ । कर्णाली प्रदेश सरकारले जुल्लाबाहेक कर्णालीका ९ जिल्लामा बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

प्रदेश मन्त्रिपरिषद् बैठकबाट २०८१ को चैत १७ गतेको निर्णयअनुसार प्रदेशका सरकारी तथा सार्वजनिक संघसंस्थाहरूमा बिदा दिएको हो ।

प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले तामझामसहित धान दिवसमा औपचारिक कार्यक्रम समेत गर्दै आएको छ ।

प्रकाशित मिति: बिहीबार, असार १२, २०८२  १३:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update